सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडकको दुर्दशा, सडकमै ताल

२०७५ चैत्र २८, ०८:२४ खबर संवाददाता

निर्माणाधिन मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तरगत धनगढी–अत्तरिया खण्डमा सडकको दुर्दशा नै भएको छ। खानेपानीका पाईप सार्ने प्रक्रिया अगाडी नबढ्दा सडकमा पाईप फुटेर ताल बन्न थालेको छ। ६ लेन सडक अन्तरगत धनगढीको चौराह नजिक खानेपानीको पाईप फुटेपछि सडकमै ताल भएको छ। 

सडकमै पानी जम्मा भएर ताल बन्न थालेपछि रातीको समयमा आवतजावत गर्न निकै जोखिमपूर्ण हुन थालेको छ। ६ लेन सडक निर्माणको अवधी झण्डै ४० दिन मात्रै बाँकी छ तर सडक क्षेत्रमा रहेका पाईप सार्ने प्रक्रिया अगाडी नबढ्दा ठाँउ ठाउँमा पानी जमेर सिङगो सडक नै हिलाम्य भएको छ। 
 

कमेन्ट लोड गर्नुस