सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कुटिइन बैंककी कर्मचारी, एक जना पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०८० वैशाख ३१, ०९:०७ खबर संवाददाता

बैतडीः बैतडीमा एक जना महिला कर्मचारी कुटिएकी छिन।

शनिवार जिल्लाको सिगास गाउँपालिका(१ का २८ वर्षीय केशव धामीले कृषि विकास बैंकमा कार्यालय सहयोगीका रूपमा कार्यरत २८ वर्षीया सुसिला धामीलाई कुटपिट गरेका हुन्।

प्रहरीका अनुसार सिगास गाउँपालिका(२ मा रहेको कृषि विकास बैंकमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट भएको हो। शनिवार दिउँसो गाजरी बजारमै सुशिलामाथि कुटपिट भएको र कुटपिट गर्ने धामीलाई प्रहरीले पक्राउ गरेको छ। 

केशवले मदिरा सेवन गरी कुटपिट गरेको प्रहरीले जनाएको छ। महिलाको अनुहारलगायत शरीरमा चोट लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस