सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको कर्नाटकमा भाजपा खुम्चियो, काङ्ग्रेस एक सय ३६ सिटमा विजयी

२०८० वैशाख ३१, ०७:२२

धनगढीः भारतको कर्नाटक राज्यमा सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) खुम्चिएको छ। भाजपा ६५ सिटमा खुम्चिएको हो।

सत्तारुढ भाजपाले हार स्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटक राज्यमा बहुमत हासिल गरेकोमा काङ्ग्रेसलाई बधाई दिएका छन्। उक्त राज्यमा भारतीय राष्ट्रिय काङ्ग्रेसले स्पष्ट बहुमत ल्याएको हो। दुई सय २४ सदस्यीय विधानसभामा बहुमतका लागि एक सय १३ सिट आवश्यक पर्नेमा काङ्ग्रेसले एक सय ३६ सिट जितेको छ।

कर्नाटकमा अघिल्लो चुनावमा भाजपाले एक सय चार सिट जितेको थियो। यस पटक काङ्ग्रेस ऐतिहासिक पुनरागमन गर्न सफल भएको छ। कर्नाटकको हारलाई भारतीय राजनीतिक विश्लेषकहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन् । उहाँ चुनावी प्रचारका लागि मात्रै २० पटक कर्नाटक पुग्नुभएको थियो। यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलङ्गनामा विधान सभाको चुनाव हुँदैछ।

ती राज्यहरुमा पनि बहुमत ल्याउनका लागि काङ्ग्रेसलाई कर्नाटकको जितले हौसला दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस