सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको कर्नाटकमा कांग्रेसलाई बहुमत, भाजपालाई नराम्रो झड्का

२०८० वैशाख ३०, ०६:१० खबर संवाददाता

एजेन्सीः  भारतको कर्नाटक राज्यमा भारतीय राष्ट्रिय कांग्रेस पार्टीले बहुमत प्राप्त गरेको छ।

कर्नाटक विधानसभाका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। शनिबार अपराह्न साढे ५ बजेसम्मको मतगणनामा कांग्रेसले ११४ सीट जितेको छ। २२४ सदस्यीय विधानसभामा बहुमतका लागि ११३ सीट आवश्यक पर्छ। अनलाइन समाचार पोर्टल दैनिक भाष्करका अनुसार कांग्रेसले ११४ सीट जितेको छ भने २२ सीटमा अगाडि छ। गत निर्वाचनमा कांग्रेसले ८० सीट मात्रै जितेको थियो।

त्यस्तै, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले नराम्रोसँग हार बेहोर्नु परेको छ। अहिलेसम्म ५० सीट मात्रै जितेको छ भने १४ सीटमा अगाडि छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगाडि सारेर चुनावमा होमिएको भाजपाले सत्ता गुमाएको छ। गत निर्वाचनमा १०४ सीट जितेको थियो।

तेस्रो स्थानमा रहेको क्षेत्रीय दल जनता दलले १७ सीट जितेको छ भने तीन सीटमा अगाडि छ। गत निर्वाचनमा ३७ सीट जितेको थियो। अन्य साना दल र स्वतन्त्रले चार सीट जितेका छन्। कर्नाटकमा प्रदेश अध्यक्ष डीके शिवकुमारको घरमा पुगेका कांग्रेस नेता राहुल गान्धीले कर्नाटकका जनताले जवाफ दिएको बताए।

“हामीले घृणा फैलाउने राजनीति गरिरहेका छैनौं,” गान्धीले भने, “कर्नाटकका जनताले देखाइ दिएका छन्, देशका जनतालाई घृणा होइन, सद्भाव मन पर्छ।”
 

कमेन्ट लोड गर्नुस