प्रेस युनियन डडेल्धुराको अध्यक्षमा रावल
धनगढीः नेपाल प्रेस युनियन डडेल्धुराको अध्यक्षमा योगेन्द्रबहादुर रावल सर्वसम्मत चयन भएका छन्।
शनिवार भएको ५औँ जिल्ला अधिवेशनबाट रावलको नेतृत्वमा १७ सदस्यीय समिति गठन भएको हो। युनियनको उपाध्यक्षमा राम खत्री र भानबहादुर विक समावेशी सचिव पुष्कर भण्डारी, सहसचिव पद्मा साउँद, कोषाध्यक्षमा पदम जोरा चयन भएका छन्।
यस्तै सदस्यमा गणेशबहादुर मगर, दिपक भट्टराई , आशिष मल्ल, दिपकराज भट्ट, तर्कराज भट्ट, श्रेया ऐरी, गोपाल राउटे, जुनु मगर, पवित्र रोकामगर, चन्द्रीका कुमारी भट्ट र रुपा दमाई चुनिएका छन्। यस अघि नेपाली कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको थियो।