सुदूर नेपाललाई विश्वसँग जोड्दै

इमरान खानले पाए अन्तरिम जमानत

२०८० वैशाख २९, ०५:१४ खबर संवाददाता

एनेन्सीः  इस्लामाबाद उच्च अदालतले अल–कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको छ।

पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानको जमानत आवेदनको सुनुवाइ गर्न न्यायाधीश मियाँ गुल हसन औरंगजेब र न्यायाधीश तमन रिफत इम्तियाजको एक विशेष इजलास गठन गरिएको थियो। नेशनल एकाउन्टेबिलिटी ब्युरोले मङ्गलवार इमरान खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट अल–कादिर ट्रस्ट मुद्दामा पक्राउ गरेको थियो।

इमरान खानलाई दुई दिन हिरासतमा राखिएको थियो। यसपछि सर्वोच्च अदालतले इमरान खानलाई एक घण्टाभित्र अदालतमा पेस गर्न आदेश दिएको थियो। बिहीबार सर्वोच्च अदालतले इमरान खानको गिरफ्तारी गैरकानुनी ठहर गर्दै उनलाई पुलिस लाइन्सस्थित गेस्ट हाउसमा न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो।

सर्वोच्च अदालतले उनलाई शुक्रवार इस्लामावाद उच्च अदालतमा उपस्थित हुन आदेश दिएको थियो।
 

कमेन्ट लोड गर्नुस