सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदर्शन नियन्त्रण गर्न पाकिस्तानमा सेना परिचालन हुने

। फोटो स्रोत ।
२०८० वैशाख २८, १०:२९ खबर संवाददाता

काठमाडौँः  प्रदर्शनलाई नियन्त्रण गर्न पाकिस्तानले सेना परिचालन गर्ने भएको छ।

पूर्व प्रधानमन्त्री इमरान खान मंगलवार पक्राउ परेपछि पाकिस्तानमा प्रदर्शन जारी छ। पाकिस्तान सरकारले बुधवार सेना परिचालनको लागि आग्रह गरेको हो। 

सन २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री भएका इमरान खानलाई राजकीय उपहार बिक्री गरेको आरोप लागेको छ। उनी कम्तीमा १० दिन थुनामा रहने उनका कानून व्यवसायीले बताएका छन्। 

७० वर्षका खान गत वर्ष संसदबाट विश्वासको मत नपाएर अपदस्त भएका थिए। सदन विघटन गरेका खानलाई पाकिस्तानी अदालतले अपदस्त गरेको थियो। मंगवारको पक्राउपछि पाकिस्तानको पन्जाब प्रान्तमा प्रदर्शनहरू तीव्र भएको छ। पन्जाब खानको गृह प्रान्त हो।

खानको पाकिस्तान तरेक इ इन्साब ९पीटीआइ०का उपाध्यक्ष फावद चौधरीलाई बुधवार इस्लामावादबाट पक्राउ गरेको छ। खान पनि इस्लामावादमै थुनामा छन्।

कमेन्ट लोड गर्नुस