सुदूर नेपाललाई विश्वसँग जोड्दै

बारा र पर्साका आँधी प्रभावितलाई एनआरएन युएईको आर्थीक सहयोग

२०७५ चैत्र २७, ०३:१२ खबर संवाददाता

गैरआवासीय नेपाली संघ (एनआरएन) युएईले बारा र पर्साका आँधी प्रभावितलाई आर्थिक सहयोग गरेको छ। संघले आन्तरिकरुपमा पदाधिकारी र सदस्यहरुबाट संकलित १ लाख रुपैयाँ पीडितलाई सहयोग गरको हो। उक्त रकम गैरआवासीय नेपाली संघको अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको खातामा जम्मा गरिएको एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए।

यसअघि प्रभावित क्षेत्रका ५ सय परिवारलाई एनआरएन युएईले पहिलो चरणको राहत अन्तर्गत खाद्यान्न सहायता गरेको थियो। संघका प्रतिनिधि प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका थिए। प्रतिपरिवार २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल, १ लिटर तेल र १र१ वटा बाल्टिन तथा जग वितरण गरिएको क्षेत्रीले बताए।
 

कमेन्ट लोड गर्नुस