सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुव्र्यवहार मुद्दामा दोषी ठहर

२०८० वैशाख २७, ०८:२३ खबर संवाददाता

एजेन्सीः अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुव्र्यवहार सम्बन्धी मुद्दामा दोषी ठहरिएका छन्।

उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुव्र्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो। एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन्।

सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको बीबीसीले जनाएको छ। ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन। यो फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ।

ट्रम्पले भने सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन्। उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन्।
 

कमेन्ट लोड गर्नुस