सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

२०८० वैशाख २६, ०४:५० खबर संवाददाता

एजेन्सीः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।

इमरानलाई पाकिस्तानी रेंजर्सले अदालतबाटै पक्राउ गरेको हो। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इमरानलाई अल–कादिर ट्रस्ट मामिलामा रेंजर्सले इस्लामाबाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको हो। इमरान खान आफूविरुद्ध दर्ता भएका विभिन्न मुद्दामा जमानत लिन त्यहाँ आएका थिए।

पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका अधिकारी मेजर जनरल फैसल नसीरमाथि गम्भीर आरोप लगाएपछि उनी पक्राउ परेका हुन्। इमरानले मेजर जनरल फैसल नसीरलाई आफूलाई मार्न खोजेको आरोप खानले लगाएका थिए।

इमरान खानको पार्टी पीटीआईको ट्विटर ह्यान्डलबाट सार्वजनिक भएको एक भिडियोमा इमरान खानका वकिल समेत अदालत परिसरमै नराम्ररी घाइते भएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस