सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नेपाल जीवनस्तर सर्वेक्षणको’ काम सुरु

२०७५ चैत्र २७, ०२:२७ खबर संवाददाता

सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम सुरु गरेको छ। केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम पनि सुरु गरिएको जानकारी दिएको हो। बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उहाँले गरिबी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ र्पुयाउन विभागले जनताको जीवनस्तरको पनि सर्वेक्षण गर्नै कामलाई अघि बढाएको बताए।
त्यसैगरी विभागले सामाजिक गतिविधि तथा महिला, दलित, जनजातिलगायतका समूदायहरुको पनि तथ्यांक संकलनको काम पनि सुरु गरिएको जनाएको छ। विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा नेशनल डेटा प्रोफाइल बनाउने कामलाई पनि अन्तिम चरणमा र्पुयाएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले मुलुकको समग्र डाटालाई संकलन गरेर इन्टरनेटमार्फत् जानकारी गराउने उद्देश्यका साथ सो डेटा प्रोफाइल बनाउने काम भइरहेको  पनि समितिलाई जानकारी गराए।
केन्द्रीय तथ्यांक विभागले नेपालमा पहिलो पटक आर्थिक गणनाको काम पनि सुरु गरेको छ। रोजगारीको अवसर सृजना गर्न आवश्यक तथ्यांकको लागि आर्थिक गणनाको कामलाई पनि सुरु गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस