सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा पर्यटक सवार डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु

२०८० वैशाख २५, ०८:४२ खबर संवाददाता

काठमाडौं: भारतको केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।

आइतवार साँझ करिब ७ बजे मलप्पुरम जिल्लाको तनूर नजिक पर्यटक सवार डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुने अधिकांश बालबालिका तथा महिला रहेका छन्। २५ जनाको क्षमता भएको डुंगामा ५० बढी हाराहारीमा पर्यटक सवार रहेको बताइएको छ।

राति दुर्घटना भएकाले उद्धार तथा खोजीका लागि उद्धारकर्मी रातभर खटिएका थिए। अझै केही मानिस बेपत्ताको आशंकामा उद्धार कार्य बिहान पनि जारी छ। दुर्घटनाको कारण अझै खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरी रहेको त्यहाँको प्रहरीले जनाएको छ।​ डुंगामा क्षमताभन्दा बढी यात्रु सवार रहेकाले डुबेको अनुमान रहेको अधिकारीहरुले बताएका छन्।

घटनाप्रति राष्ट्रपति द्रौपती मुर्मू, उपराष्ट्रपति जगदीप धनखड, प्रधानमन्त्री नरेन्द्र मोदी तथा मुख्यमन्त्री पिनाराई विजयनले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई दुई लाख रुपैयाँको दरले राहत प्रदान गर्ने घोषणा गरेका छन्।

कमेन्ट लोड गर्नुस