सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्ड फ्लू भेटिएपछि १३ सय कुखुरा नष्ट

। फोटो स्रोत ।
२०७५ चैत्र २७, ०७:३१ खबर संवाददाता

सूर्य्विनायक नगरपालिका–१ दधिकोटमा रहेको अनुस्कृत कुखुरा फार्ममा बर्ड फ्लू भेटिएपछि मंगलबार राति कुखुरा नष्ट गरिएको छ। मधुराम न्यौपानेको कुखुरा फार्ममा रहेका ब्रोइलर कुखुरामा बर्ड फ्लू भेटिएपछि मंगलबार राति एक हजार तीनसय ७५ ब्रोइलर कुखुरा नष्ट गरिएको हो। फार्ममा रहेका कुुखुरामा ‘एच वान एन वान’ बर्ड फ्लूको भाइरस भेटिएपछि पशु सेवा विभागका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक न्यौपानेले जानकारी दिए। यसअघि गएको बुधबार पनि त्यही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा पनि बर्ड फ्लू भएको पुष्टि भएपछि दुई हजार नौ सय ८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस