सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा हतियारको भण्डार फेला

२०८० वैशाख २४, ०५:०५ खबर संवाददाता

एजेन्सीः अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ।

त्यहाँबाट विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको अफगान गुप्तचर महानिर्देशनालय (जीडीआई) ले आइतबार जनाएको छ। गोप्य सूचनाको आधारमा गुप्तचर कर्मचारीहरूले शनिबार सारी पुल प्रान्तमा अकारवाही गरेको र दुई मोटर र हजारौँ गोली सहित धेरै हतियारहरू फेला पारेको बताइएको छ।

अफगान सुरक्षा बलले पछिल्ला केही दिनमा दक्षिणी उरुजगान र पूर्वी कुनार प्रान्तमा पनि ४० थान राइफलहरू सहित थुप्रै हतियारको भण्डारहरू फेला पारेको थियो। यस्तै कारवाहीमा सुरक्षा बलले गत हप्ता राजधानी काबुलको प्रहरी जिल्ला १७ मा ठूलो हतियार भण्डार फेला पारेको थियो।

अफगानिस्तानको कार्यवाहक सरकारले सुरक्षाकर्मीबाहेक जो कोहीसँग रहेका अवैध हतियार र गोलाबारुद नियन्त्रण गर्ने घोषणा गरेको छ।
 

कमेन्ट लोड गर्नुस