सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बस दुर्घटना, २३ जना घाईते

२०७५ चैत्र २७, ०६:११ खबर संवाददाता

गएराती डडेल्धुरामा बस दुर्घटना हुँदा २३ जना घाईते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट बाजुरा जादै गरेको ना ४ ख ६८३६ नम्बरको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिकाकाको  सल्लाघारीमा दुर्घटना हुदा २३ जना घाइते भएका हुन्।

घाईते मध्ये २२ जनाको अवस्था मध्यम रहेको छ भने एकजना गम्भीर रहेको प्रहरीले जनाएका छ। गम्भीर घाईते कञ्चनपुरको कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई धनगढी ल्याईएको छ। अन्यको डडेल्धुरामै उपचार भइरहेको बताईएको छ। बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस