कञ्चनपुरमा रेडक्रसद्धारा हावाहुरी प्रभावितका लागि संकलीत रकम सिडिओ मार्फत हस्तान्तरण
नेपाल रेडक्रस सोसाईटी महेन्द्रनगर उप शाखाले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि राहात स्वरुप संकलन गरेको रकम हस्तान्तरण गरेको छ। विनाशकारी हावाहुरीबाट घरबार विहिन भएकाहरुको सहयोगका लागि संकलन गरिएको ४० हजार तीन सय ६१ रुपैया कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रिय वाणिज्य बैँकको विपत्त व्यवस्थापन कोष कलैया शाखाको खातामा रकम जम्मा गरिएको हो। राहात रकम हस्तान्तरण कार्यक्रममा महेन्द्रनगर शाखाका सभापती लालमनी पाण्डे, सचिव सिद्धराज भट्ट, महेन्द्रनगर उप–शाखाका सदस्य लोक राज भट्ट लगायतको उपस्थीती रहेको थियो।