सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपद्रवी देख्नासाथ गोली हान्न सरकारद्घारा आदेश

२०८० वैशाख २२, ०५:५१ खबर संवाददाता

एजेन्सीः  पूर्वोत्तर भारतको मणिपुरमा आदिवासी र बहुसंख्यक मेइती समुदायबीच हिंसा भड्किएपछि स्थिति नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवान खटिएका छन्।

सरकारले गम्भीर अवस्थामा देख्नेबित्तिकै उपद्रवीलाई गोली हान्न आदेश दिएको छ। राज्यका आठ जिल्लामा इम्फाल पश्चिम, काकचिङ, थौबल, जिरिबाम‚ विष्णुपुर‚ चुराचाँदपुर, कांगपोकपी र तेंगनौपाल जिल्लामा कर्फ्यू लगाइएको छ। राज्यभर पाँच दिनसम्म मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ।

नागा र कुकी आदिवासीले गरेको ऐक्यबद्धता जुलुसपछि बुधबार हिंसा भड्किएको थियो। हिंसा बढ्दै गएपछि नौ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले आदिवासी र बहुसंख्यक मेइती समुदायबीच हिंसा भड्किएपछि स्थिति नियन्त्रण गर्न गोली हान्न आदेश दिएको छ। सरकारले सम्झाउँदा र चेतावनी दिँदा पनि स्थिति नियन्त्रणमा नआए ‘देखेमा गोली हान्न’ कारबाही गर्न सकिने उल्लेख छ।

सेनाका प्रवक्ताले सेना र असम राइफल्स चुराचाँदपुर र इम्फाल उपत्यकाका धेरै क्षेत्रमा र काकचिङ जिल्लाको सुगनुमा पनि तैनाथ रहेको बताए। मणिपुरको अवस्थाको अनुगमन गर्ने केन्द्रले ¥यापिड एक्शन फोर्स (आरएएफ) को टोली पनि पठाएको छ। सुरक्षाबलले हिंसा प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार मानिसलाई सुरक्षित स्थानमा सारेको प्रवक्ताले बताए।
 

कमेन्ट लोड गर्नुस