सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित तीन युवक पक्राउ

२०८० वैशाख २१, ०४:२१

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन्। 

जिल्लाको पुनर्वास नगरपालिकाबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो। कञ्चनपुर प्रहरीका अनुसार बुधवार राति पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थित दोदा पुल नजिकबाट प्रहरीले ६ सय मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी बस्ने २५ वर्षीय प्रकाश राना, गोदावरी नगरपालिका–९ मरकट्टीका सुवास राना र बेलौरी नगरपालिका–६ रिछाहका १८ वर्षीय सागर राना रहेका छन्। उनीहरुको साथबाट प्रदेश नं ३–०२–००१ प ११४८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ।
 

कमेन्ट लोड गर्नुस