बाजुराका प्रकाशको उपचारमा आर्थिक अभाव, शिक्षण अस्पतालमा छट्पटाउदै
बाजुराः बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ९ का ३७ वर्षिया प्रकाशबहादुर विकको उपचारमा आर्थिक अभाव भएको छ।
आर्थिक श्रोत नहुदा उनी अस्पतालको शैयामा छटपटाई रहेका छन। काठमाण्डौँको शिक्षण अस्पतालको न्युरो वार्डमा उनी उपचारार्थ छन्। लडेर घाइते भएका विकको टाउकोमा रगत जमेको ९ब्रेन हेमरिज० भएको छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले श्रीमानको उपचारमा समस्या भएको उनकी श्रीमती निर्मला विकले बताइन। उनको टाउको रगत जमेको अस्पतालले जनाएको छ। उपचारमा आर्थिक समस्या रहेकाले सहयोगका लागि अनुरोध गरिएको छ। एक बोतल पानीका लागिसमेत रुपैयाँ नभएको उनका आफन्तहरुले बताएका छन्।
शिक्षण अस्पतालको शैयामा रहेका श्रीमान बचाउन उनकी श्रीमती निर्मला विकले हार सहयफगका लागि हार गुहार गरीरहेकी छन। प्रकाश लडेर घाइते भएपछि जिल्ला अस्पताल बाजुरा हुदै नेपालगञ्ज मेडिकल लगिएको थियो। उनलाई त्यहाँ सञ्चो नहुने भनेपछि हाल काठमाडौं शिक्षण अस्पतालको न्युरो वार्डमा उपचारार्थ छन्।