बैतडीमा एक किशोर मृत फेला
२०८० वैशाख १८, ०३:०४
बैतडीः बैतडीमा एक किशोर मृत फेला परेका छन्।
जिल्लाको सुर्नया गाउँपालिका–६ मोतीनगरमा १९ बर्षीय लक्ष्मण कुँवर मृत फेला परेका हुन्। सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका कुँवर मोतीनगरमा पसल सञ्चालन गर्दै आएका थिए।
पसलभित्र झुण्डिएको अवस्थामा उनको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। घटनाको अनुसन्धान भइरहेको उनले बताए।
कमेन्ट लोड गर्नुस