सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट कांग्रेस नेता भट्टको मृत्यु

२०८० वैशाख १८, ०९:४१ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट कांग्रेस नेता महेश्वर भट्टको मृत्यु भएको छ। जिल्लाको भिमदत्त नगरपालिका–१८ का विरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलले साइकललाइ ठक्कर दिँदा ६८ वर्षीय भट्टको दुर्घटना भएको हो।

भीमदत्त नगरपालिका–४ स्थित मोटरसाइकलले ठक्कर दिँदा सोही नगरपालिका–४ गोबरैया बस्ने कांग्रेस क्षेत्रीय प्रतिनिधि महेश्वर भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार घाइते भट्टको उपचारक्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

 भट्ट नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए। निजामति सेवाबाट रिटायर्ड भएपछि राजनीतिसँगै महेन्द्रनगरको हाइवे रोडमा हार्डवेयरको पसल खोलेर व्यवसाय गरिरहेका थिए। घर जाने बेला भट्ट दुर्घटनामा परेका थिए।

कमेन्ट लोड गर्नुस