फास्ट बलर करनले कुवेत विरुद्व लिए ५ विकेट
धनगढीः एसीसी प्रिमियिर कप अन्तरगतको सेमिफाइनल खेलमा करन केसीले कुवेतविरुद्ध पाँच विकेट लिन सफल भएका छन्।
उनले १४ रन बनाएका कप्तान मोहमद अस्लमलाई आफ्नो पाँचौँ शिकार बनाएका हुन्। यसअघि केसीले ९ रन बनाएका सिराज खान, राभिजा सान्दारुवान, ५ रन बनाएका मित भावसार र शून्य रन बनाएका अदनान इद्रिसलाई आउट गरेका थिए। त्यस्तै खेलमा सोमपाल कामीले एक विकेट लिएका छन्। उनले परविन्दर कुमारलाई आउट गरेका थिए।
कुमार एक रन बनाएर एलबीडब्लु आउट भए। करनले विकेट लिएसँगै कीर्तिपुरमा पुनः वर्षा सुरु भएको छ। वर्षाका कारण खेल रोकिएको छ।