सुदूर नेपाललाई विश्वसँग जोड्दै

’ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

२०८० वैशाख १५, ०७:२३ खबर संवाददाता

काठमाडौं: सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार दुई खेलहरु हुँदैछन्। लिगको १३ औं चरण अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछन्। जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

हिमालयन र आर्मीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। हिमालयन आज चौंथो जितको योजनामा हुनेछ। हिमालयन १२ खेलमा १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ। आर्मी छैटौं जितको खोजीमा हुनेछ। आर्मी १२ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

यस्तै एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी र थ्री स्टारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। एनआरटी आज चौंथो जित निकाल्न चाहन्छ। एनआरटी १२ खेलमा १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ। थ्री स्टार सातौं जितको योजनामा हुनेछ। थ्री स्टार १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

कमेन्ट लोड गर्नुस