आज नेपाल र जोर्डन भिड्दै
काठमाडौं: एएफसी यू–१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज शुक्रबार जोर्डनको सामना गर्दैछ। नेपालले प्रिन्स मोहमद स्टेडियममा आयोजक जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ। नेपाल आज जोर्डनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ।
छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई जितको विकल्प छैन। जोर्डन पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ। समूह ’एच’ मा रहेको नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो। बुधबार भएको खेलमा नेपाल इरानसँग १–० गोल अन्तरले पराजित भएको थियो। यस समूहमा नेपाल, जोर्डन र इरान रहेको छ। समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन्।