सुदूर नेपाललाई विश्वसँग जोड्दै

 रुसले युरोपमा तेल आपूर्ति घटाउने

२०८० वैशाख १४, ०९:४३ खबर संवाददाता

एसेन्सीः रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने र बचत गरिएको मात्रा एसियामा पु¥याउने योजना बनाएको छ।

रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले बिहीबार सो बारे बताएका हुन्। रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन कच्चा तेल र तेल उत्पादन र युरोपमा १८ करोड टन निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धित कार्यक्रममा पत्रकारहरूलाई बताए।

यो वर्ष १४ करोड टन तेल र तेल उत्पादन पूर्वतर्फ जानेछ । करिब ८०–९० मिलियन टन पश्चिमतर्फ पठाइनेछ।
 

कमेन्ट लोड गर्नुस