कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
२०८० वैशाख १३, ०५:२६
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका अवैध सामान बरामद गरिएको छ।
मंगलबार कञ्चनपुर प्रहरीले एक लाख ६९ हजार दुई सय मुल्य बराबरका भन्सार छलीका अवैध सामान बरामद गरेको हो।
भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका सामान बेवारिसे अवस्था फेला पारेको प्रहरीले जनाएको छ। जुत्ता, मिठाई र लेदरका झोला बरामद गरेर भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस