सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक घरमा आगलागी 

२०८० वैशाख १३, ११:२० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको एक घरमा आगलागी भएको छ। जिल्लाको बेदकोट नगरपालिका–१ चम्फापुरमा आगलागी भएको प्रहरीले जनाएको छ।

५० वर्षीय करन बहादुर बिष्टको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।                                                            
 

कमेन्ट लोड गर्नुस