सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किएका युवा बसमा लुटिए

२०८० वैशाख १२, ०७:२३ खबर संवाददाता

धनगढीः भारतबाट फर्किएका युवा बसमा लुटिएका छन्। भारतको पञ्जावबाट फर्किएका दार्चुलाका धुनुराम लावड बाटोमा लुटिएका हुन्।

जिल्लाको लेकम गाउपालिका १ सर्मोलीका उनी बसमा लुटिएका छन्। 

उनको साथबाट ३० हजार नगद, मोबाइल र अन्य कपडाहरु लुटिएको छ। उनलाई लुटेराले बेसोस पारेका थिए। उनको भारतको टनकपुरमा उपचार गराएका थिए।

उनलाई रास्वपाका सुदूरपश्चिम महामन्त्री भोजराज जोशी (क्वालिटी)ले उद्धार गरेर महेन्द्रनगर ल्याएका थिए। उनलाई महेन्द्रगरबाट दार्चुला पठाएको छ। लुटेराहरुको बारेमा भने उनी अनभिज्ञ छन्। 


 

कमेन्ट लोड गर्नुस