सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियामा बस दुर्घटना, दुई नेपालीसहित ११ जनाको मृत्यु

२०७५ चैत्र २५, १२:५१ खबर संवाददाता

आइतबार राती मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको ज्यान गएको छ। ज्यान जाने नेपालीमा रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेको मलेसियाबाट रमेश पन्थीले उज्यालोलाई जानकारी दिएका छन्।

४४ जना यात्रु बोकेर हिँडेको बस मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै सेपाअङमा नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको ज्यान गएको हो। मलेसियन नागरिक बसका चालक रहेको बताइएको छ। 

दुर्घटनामा ३३ जना घाइते भएका छन्। बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी, १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक रहेको मलेसियन प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यम मेट्रोले उल्लेख गरेको छ। 

रातीको काम गर्ने कामदार बोकेर काम गर्ने ठाउँतिर जाँदै गरेको बस दुर्घटनामा परेको हो।  बस १० मिटर तल नालिमा खसेको प्रहरीको भनाइलाई मेट्रो अनलाइनले उल्लेख गरेको छ। घाइतेहरुको सेरदान, पुत्रजया, बान्तिन र काजाङ अस्पतालमा उपचार भइरहेको छ। साभार - उज्यालोअनलाइन

कमेन्ट लोड गर्नुस