धनगढीमा कक्षा ८ को नजिताः यस्तो छ ४६ विद्यालयको पास–फेलको संख्या
धनगढीः धनगढीका ४६ सामुदायिक विद्यालयको कक्षा ८ मा शैक्षिक सत्र २०७९ मा २ हजार ५२८ विद्यार्थी अध्ययनरत थिए। यो कक्षा ८ मा पढ्ने विद्यार्थीको ५४ दशमलव ५१ प्रतिशत हो। धनगढीका संस्थागत अर्थात निजी विद्यालयबाट २ हजार ११० विद्यार्थी अर्थात ४५ दशमलव ४९ प्रतिशतले परीक्षा दिएका थिए।
जसमध्ये आधारभूत तहको वार्षिक परीक्षामा सामुदायिक विद्यालयका २३२ जना मात्रै पास भएका छन्। यो कुल उत्तीर्ण संख्याको ९ दशमलव १८ प्रतिशत मात्रै हो। धनगढी–१ का दुई सामुदायिक विद्यालय त्रिनगर माध्यमिक विद्यालय र सरस्वती आधारभूत विद्यालयबाट क्रमशः १३७ र ४२ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएकामा त्रिनगरका ११ जना मात्रै पास भएका छन्।
धनगढी–२ मा रहेका दुई सामुदायिक विद्यालय शारदा माध्यमिक विद्यालय बैयावेहडीमा १४५ मा ११ पास भएका छन् भने नवदुर्गा मावि मोहनाका ५१ जनामा १ जना मात्रै पास भएका छन्। धनगढी–३ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयका ८२ जनामा २४ र जनता आधारभूतका ३१ जना परीक्षार्थीमा २ जना मात्रै पास भएका छन्। धनगढी–४ को राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय उत्तरवेहडीका ४८ जनामा २ जना मात्रै उत्तीर्ण भएका छन्।
धनगढी–५ को पञ्चोदय माध्यमिक विद्यालय हसनपुरका २३५ विद्यार्थीले परीक्षा दिएकामा १२१ जना पास भएका छन्। यो विद्यालयबाट सबैभन्दा बढी ५१ प्रतिशत विद्यार्थी पास भएका छन्। वडा नम्बर ५ को राष्ट्रिय आधारभूत तारानगरका २४ जनामा २ जना मात्रै उत्तीर्ण भएका छन्। धनगढी–६ का दुई सामुदायिक विद्यालयबाट ८८ जनाले कक्षा ८ को परीक्षा दिएकामा ३ जना मात्रै पास भएका छन्।
मटियारिको भैरवबाबा आधारभूतका २५ मा कुनै पनि पास भएनन् भने वासुदेवी मावि, रघुनगरका ६३ जना परीक्षार्थीमा ३ जना मात्रै पास भएका छन्। धनगढी–७ का ३ सामुदायिक विद्यालयका २२७ जना विद्यार्थीले परीक्षा दिएकामा १२ जना मात्रै पास भएका छन्। देवरियाको शिव माविका ३३ विद्यार्थीमा कुनै पनि पास नहुँदा मनेहराको सरस्वती माध्यमिक विद्यालयका १४६ विद्यार्थीमा ११ जना र वेलीको राष्ट्रिय माध्यमिक विद्यालयका ४८ जनामा एक जना मात्र पास भएका छन्।
धनगढी–८ मा रहेको धनगढी प्राविधिक नमुना माध्यमिक विद्यालयका १५५ जना विद्यार्थीले परीक्षा दिएकामा १० जना पास हुँदा १४५ जना अनुत्तीर्ण भएका छन्। यो विद्यालयका २५ जना मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन्। धनगढी–९ मा दुई विद्यालयका १०४ जनामा १ जना मात्रै कक्षा ८ को परीक्षामा पास भएका छन्।
गौरीपुरको भवानी माध्यमिक विद्यालयका ८५ जनामा १ र बङ्गराकटानको सरस्वती आधारभूत विद्यालयका १० जनामा सबै अनुत्तीर्ण भएका छन्। यस्तै, धनगढी– १० जुगेडाको जनकल्याण माध्यमिक विद्यालयबाट परीक्षा दिने ७२ जनामा कुनै पनि उत्तीर्ण भएनन्। धनगढी– ११ घोडसुवाको ठेकराज माध्यमिक विद्यालयबाट ८१ जनाले परीक्षा दिएकामा १ जना मात्रै उत्तीर्ण भएका छन्।
धनगढी–१२ जुगेडाका ४ सामुदायिक विद्यालयबाट १६३ जनाले कक्षा ८ को परीक्षा दिएकामा ५ जना विद्यार्थी मात्रै पास भएका छन्। जनकबस्तीको नवदुर्गा आधारभूतका २७ जना, दुर्गाबस्तीको दुर्गा आधारभूत विद्यालयका ३२ जना अनुत्तीर्ण हुँदा सीगाउँको शारदा माविका ४३ जनामा ३ र सिद्धनाथ माविका ६१ परीक्षार्थीमा २ जना मात्रै पास भएका छन्।
धनगढी–१३ का तीन विद्यालयका ९२ जना परीक्षामा सम्मिलित हुँदा ४ जना मात्रै पास भएका छन्। श्रीलंकाको नवज्योती आधारभूत विद्यालयबाट ४० राजपुरको जनता राष्ट्रिय माध्यमिक विद्यालयका १८ जनामा एक जना पनि पास भएनन्। यस्तै, कैलाली गाउँको जनता राष्ट्रिय माध्यमिक विद्यालयका ३४ जना विद्यार्थिमा केवल ४ जना उत्तीर्ण भएका छन्।
धनगढी–१४ मा सबैभन्दा बढी ५ वटा सामुदायिक विद्यालयका १५२ जनाले कक्षा ८ को परीक्षा दिएका थिए। जस मध्ये तीन विद्यालयका ७ जना मात्रै कक्षा ९ मा भर्ना हुन योग्य निक्लेका छन्। फूलबारीको शिवशंकर माध्यमिक विद्यालयका २५ जना, एच गाउँको सिद्धार्थ आधारभूत विद्यालयका १७ जनामा एक जना पनि पास भएका छैनन् भने सीगाउँको सर्वोदयका ४० जनामा ३ जना, डी गाउँको जनजागृती माविका ४० जनामा १ जना र बी गाउँको पञ्चोदय माविका ३० जनामा ३ विद्यार्थीले मात्रै कक्षा ८ उत्तीर्ण गरेका छन्।
धनगढी–१५ का तीन स्कुलका १०३ जनाले परीक्षा दिएकामा ५ जना मात्रै पास भएका छन्। उर्माको शिवगङ्गा आधारभूत विद्यालयका ४८ मा २ जना, कनरी जनजागृतीका २३ मा १ जना र उर्माको राष्ट्रिय माविका ३२ जना विद्यार्थीमा २ जना मात्रै पास भएका छन्। धनगढी–१६ मा रहेका तीन सामुदायिक विद्यालयका १०५ जनाले परीक्षा दिएकामा दुई विद्यालयबाट ४ जना मात्रै पास भएका छन्।
भादाको दिपेन्द्र चारपाते माविका १६ जनामा एक जना पनि पास भएनन् भने रामपुरको शिव माविका २३ जनामा ३ र घसिटाको वेहडाबाबा माविका ६६ जना विद्यार्थीमा १ जना मात्रै उत्तीर्ण भएका छन्। धनगढी–१७ का दुई सामुदायिक विद्यालयका १२२ जना विद्यार्थीले परीक्षामा भाग लिएका थिए तर दुबै विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यहाँ पथरीको भानु माविका ९३ र दमौलियाको सज्जन आधारभूत विद्यालयका २९ जनाले परीक्षा दिएका थिए।
धनगढी–१८ का तीन सामुदायिक विद्यालयका १०७ जनाले परीक्षा दिएका थिए। यो वडाका दुई विद्यालयको नतिजा शून्य आएको छ। ई गाउँको ईन्द्रोदय आधारभूत विद्यालयका २३ र एफ गाउँको खप्तडी आधारभूत विद्यालयका ४२ जनामा सबै अनुत्तीर्ण भएका छन्। फूलबारीको चन्द्रोदय माविका ४२ जना परीक्षार्थीमा २ जना मात्रै पास भएका छन्।
धनगढी–१९ का चार वटा सामुदियक विद्यालयबाट १७१ विद्यार्थीले कक्षा ८ को परीक्षा दिएकामा ४ जना मात्रै पास भएका छन्। यो वडाको शंकरसरस्वती अन्नपूर्ण आधारभूत विद्यालयका २९ जनामा १ जना, आई गाउँको जनप्रिय आधारभूतका ४६ मा २ जना र फूलबारी माध्यमिक विद्यालयका ३४ जनामा १ जना पास भएका छन्। फूलबारीकै फूलबारी आधारभूत विद्यालयका ६२ जनामा एक जना पनि पास हुन सकेनन्।