सुदूर नेपाललाई विश्वसँग जोड्दै

’ए’ डिभिजन लिग : एपीएफ र खुमलटार भिड्दै

२०८० वैशाख ११, ०८:२० खबर संवाददाता

काठमाडौंः सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबारबाट १२ औं चरणका खेलहरु सुरु हुँदैछ। लिगको १२ औं चरण अन्तर्गत सोमबार एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एक मात्र खेलमा एपीएफ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ।

एपीएफ र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। विभागीय टोली एपीएफ क्लब आज पाँचौं जितको योजनामा हुनेछ। एपीएफ ११ खेलमा १४ अंक जोडेर नवौं स्थानमा रहेको छ। एपीएफको जारी लिग ११ औं चरणसम्म ४ जित, २ बराबरी र ५ हार व्यहोरेको छ। नवप्रवेशी खुमलटार पनि आज पाँचौं जितको योजनामा हुनेछ। खुमलटार ११ खेलमा १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ। खुमलटारले जारी लिगको ११ खेल सकिदा ४ जित, १ बराबरी र ६ हार व्यहोरेको छ।
 

कमेन्ट लोड गर्नुस