निर्माण अवधी सकिने समयमा मोहनापुल–अत्तरिया ६ लेन सडकको डिजायनमै त्रुटी भेटिदै
मोहनापुल–अत्तरिया ६ लेन सडक योजनको डिजायन स्टीमेटमै एकपछि अर्को क्रुटी भएको भेटिएको छ। निर्माणको अवधी सकिन डेढ महिना मात्रै बाँकी रहेका बेला डिजायन स्टमेटमै त्रुटी भएको भेटिन थालेको हो। सडक निर्माणको २०७६ जेष्ठ १० गते समय अवधि सकिदै छ। तर सडक निर्माणमा देखिएका अन्योलता भने सकिएको छैन्। सडक निर्माणको प्रगति बढिमा ३० प्रतिशत मात्र छ। सडकमा निर्माण हुने २३ वटा कल्भर्टको डिजाईनमा त्रृटि छ। कल्भर्टको डिजाईनमा ह्युमपाई मात्र राखिएपछि अन्योलता बढेको छ। अन्योलता बढेपछि निर्माण कम्पनीहरुले कल्भर्ट निर्माणको काम अहिले रोकेका छन्। स्लयाप सहितको कल्भर्टका लागि पुनःआयोजना कार्यालय डिजाईन सच्याउने तयारीमा रहेको मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाका निमिक्त प्रमुख खगेन्द्र शाहीले बताए।
सडक बारका रुपमा लगाइने रेलिङ बिवाद पनि अझै सुल्झिएको छैन्। फुटपात रहने स्थानमा रेलिङ लगाइने स्टीमेटमा भएपछि व्यवहारीक नभएको भन्दै बिरोध भएको थियो। आयोजना कार्यालय रेलिङ लगाउने बिषयमा पुर्नबिचार गर्ने पक्षमा देखिएको छ। फुटपातमा निर्माण हुने रेलिङले जनतालाई सास्ती हुने भन्दै मुख्य चार लेनमा मात्र रेलिङ लगाउने पक्षमा आयोजना कार्यालय पुगेको कार्यालयका निमिक्त प्रमुख शाहीले बताए।
भारतको सिमाना मोहनापुल देखि अत्तरिया सम्म १४ दशमलव २ किलोमिटरमा सडक निर्माण भइरहेको छ। तर सडकमा निर्माण हुने तीन वटा पुलको डीपीआर अझै तयार भएको छैन्। मोहना नदीमा एक सय २१ दशमलव ५ मिटर, मनहरा नदीमा ६१ द्यशमलव ८८ मिटर र सुर्मी नदीमा २९ दशमलव २ मिटर लम्वाईको पुलको डीपीआर तयार भएको छैन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुल महाशाखाका ईन्जिनियर नविन सापकोटाले बल्ल डिपिआर भईरहेको बताए। सडक निर्माण क्षेत्रमा रहेका विद्युतका पोल पूर्ण रुपमा स्तान्तरण भएका छैनन् भने खानेपानीको पाईप स्तान्तरणको काम सुरु पनि भएको छैन्। अत्तरियामा रहेको ३२ केभी विद्युतको टावरको बारेमा त छलफल समेत हुन छोडेको छ।