धनगढी फन सीटिमा विद्यार्थीलाई ५० प्रतिशत छुट
धनगढीः धनगढी फन सीटिले सेवा पुनः सुचारु गरेको छ।
धनगढी उपमहानगरपािलका वडा नम्बर २ भन्सारमा रहेको फर्न सीटिले गर्मी मौसम सुरु भएसँगै सेवा सुचारु गरेको हो।
धनगढी फन सीटी एण्ड वाटर पार्कले पत्रकार सम्मेलनको आयोजना गर्दै सेवा पुनः सुरु भएको बताएको छ। पार्कका अध्यक्ष उपेन्द्र विष्टले नेपाल तथा भारतका पर्यटकहरुका लागि फर्न पार्क खुल्ला गरिएको बताए। उनका अनुसार विद्यालयमार्फत आउने विद्यार्थीका लागि ५० प्रतिशतसम्म शुल्क छुट गरिएको छ।
झण्डै ६ वर्ष पहिलादेखि धनगढीमा वाटर पार्क सञ्चालनमा छ। कोरोना भाइरसको महामारीका कारण बन्द भएको पार्क नयाँ वर्षसँगै पुनः सुचारु भएको हो।
उक्त फन पार्कमा बच्चाका लागि ३ फिटसम्मको एउटा र युवाका लागि ६ फिटसम्म गहिरो गरि दुईवटा फरक–फरक स्विमिङ पुल छन्।
फन पार्कमा पार्किङ, गार्डेन, खाना र नास्ताका विभिन्न परिकारसहितको रेष्टुरेन्ट र चेन्जीङ्ग रुम लगायतका सेवा रहेका छन्।