सुदूर नेपाललाई विश्वसँग जोड्दै

अज्ञात समूहको गोली प्रहारबाट एक युवक घाइते 

२०८० वैशाख ६, ०९:२२ खबर संवाददाता

अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एक जना युवा घाइते भएका छन्।

बुधबार साँझ सियारी गाउँपालिका–३ का २० वर्षीय वीरेन्द्र केवटलाई अज्ञात समूहले गोली हानेका हुन्। एकै उमेर समूहका देखिने व्यक्तिहरुले घेरा हालेर मोबाइल लुट्ने प्रयास गरेको र त्यसक्रममा केवटले मोबाइल जोगाउन खोज्दा गोली हानिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताए।

केवटको खुट्टामा गोली लागेको छ। उनलाई उपचारकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनामा संलग्नको खोजी कार्य भइरहेको डीएसपी अर्यालले बताए।

कमेन्ट लोड गर्नुस