सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुडान झडपमा परि १७४ को मृत्यु

२०८० वैशाख ६, ०९:१२ खबर संवाददाता

एजेन्सीः सुडानी सेना र ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी झडपमा परी मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको सुडानी चिकित्सकहरूको गैरसरकारी केन्द्रीय समितिले जनाएको छ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘युद्धविरामको घोषणा गरिए पनि मङ्गलबार भएको झडपमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ।’ सुडानको राजधानी खार्तूमको मध्य भागमा रहेको सेनाको जनरल कमाण्ड नजिकै बुधबार पनि हिंसात्मक विष्फोट हुँदा झडप जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन्।

सुडानी सेनाले आरएसएफको नयाँ आक्रमणको प्रतिकार गरिरहेको बुधबार पुष्टि गरेको छ। सुडानी सेनाका प्रवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शत्रुले ठूलो जनधनको क्षति बेहोर्नुका साथै थुप्रै लडाकू सवारी साधन नष्ट गरेको छ।’ दुवै पक्षले मङ्गलबार अन्तर्राष्ट्रिय पक्षले प्रस्ताव गरेको २४ घण्टे मानवीय युद्धविरामका लागि प्रतिबद्धता जनाए पनि देशमा अझै पनि लडाइँ जारी छ।

कमेन्ट लोड गर्नुस