सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोयल्टी अनियमितताको छानबिन नभए आन्दोलन गर्ने स्थानीयको चेतावनी

२०८० वैशाख ४, ०४:५० खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सडक चक्काजाम गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिकाले महाकाली नदीमा रोयल्टी संकलनमा अनियमितता गरेको भन्दै चक्काजाम गरिएको हो। उक्त नगरपालिकाले महाकालीको नदीजन्य पदार्थको रोयल्टी संकलनमा अनियमितता गरेको भन्दै सो क्षेत्रका स्थानीयले सोमबार बिहान चक्काजाम गरेका हुन।

उक्त नगरपालिकाको–११ का स्थानीयले चौकिसोतामा एक घण्टा चक्काजाम गरेका हुन। अनियमितताको विरोधमा त्यहाँका क्रियाशिल राजनीतिक दलका प्रतिनिधि र स्थानीयले संयुक्तरुपमा चरणवद्ध विरोधका कार्यक्रम गर्ने जनाएका छन्। चालु आर्थिक वर्षमा महाकाली नदीको नदीजन्य पदार्थको उत्खननको लागि रोयल्टी संकलन कार्य ठेक्का प्रकृयाबाट नगराई नगरपालिकाले आफै गरिरहेको छ।

उक्त रोयल्टी संकलनमा व्यापक अनियमिता भइरहेको, विना छापका रसिद काट्ने, एउटै रसिद बारम्बार प्रयोग भइरहेको आरोप स्थानीयले लगाएका छन्। पटक पटक आवाज उठाउदा समेत नगरपालिकाले वास्ता नगरेको भन्दै उनिहरुले 
चक्काजाम गरेका हुन।

अनियमितता नरोकिए तथा तत्काल छानबिन नभए चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने स्थानीयले चेतावनी दिएका छन्।

कमेन्ट लोड गर्नुस