धनगढीमा सम्पर्क कार्यालय खोलेर प्रदेश सरकारको २४ लाख स्वाहा
धनगढीः सुदूरपश्चिम प्रदेश सकरारले धनगढीमा सम्पर्क कार्यालय खोलेर २४ लाख स्वाहा गरेको छ।
प्रदेश सरकारले निर्देशनालय डोटीबाट सञ्चालन गर्ने निर्णय गरेको छ। तर धनगढीमा सम्पर्क कार्यालय खोलेर २४ लाख ६ हजार भाडा बाफतको मात्र खर्च भएको हो। महालेखापरीक्षकको प्रतिवेदनमा डोटी जिल्लामा हरेका स्वास्थ्य, शिक्षा, कृषि, पशुपंक्षी तथा यातायात पूर्वाधार निर्देशनालयका कार्यालयका धनगढीमा सम्पर्क कार्यालय स्थापना गरिएको उल्लेख गरिएको छ।
एक निर्देशनालयले सम्पर्क कार्यालय सञ्चालन गरेर दुई लाख पाँच सयका दरले १२ महिनाको २४ लाख ६ हजार भाडामा खर्च गरेका हुन्। प्रदेश सरकारको सहमती बिना खोलिएका कार्यालयहरुले आर्थिक भार बढेको प्रतिवेदनमा भनिएको छ।