सुदूर नेपाललाई विश्वसँग जोड्दै

धारिलो हतियार प्रहार गरेर बैतडीमा युवकको हत्या

२०८० वैशाख ३, ०७:११ खबर संवाददाता

धनगढीः बैतडीमा एक युवकको हत्या गरिएको छ। 

जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको  धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो। 

बैतडी प्रहरीका अनुसार शनिवार राति ८ बजे उनी हत्या गरिएको अवस्थामा फेला परेका थिए। जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको हो। उनका हत्यारा फरार भएका छन्। घटनाबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस