बैतडीमा फरार जिप चालक पक्राउ
बैतडीः बैतडीमा फरार जिप चालक पक्राउ परेका छन्। जिल्लाको झौलेकमा जिप दुर्घटनापछि फरार बझाङको केदारस्युँका २७ वर्षीय चालक अर्जुन बोहरा पक्राउ परेका हुन्।
उनी ढोल्यामोडबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए। चालक बोहरामाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको उनले बताए।
खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पाटन नगरपालिका–८ झौलेक मोडमा मंगलबार राति जिप दुर्घटना हुँदा बझाङ केदारस्यू बाँझका ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जिपमा सवार पाँचजनाले हाम फालेर ज्यान बचाएका थिए। दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु भएको थियो।