सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्नया गाउँपालिकालाई युथ्स भ्वाईसको १७ बुँदे ज्ञापनपत्र

२०७९ चैत्र २९, ०५:१८ खबर संवाददाता

धनगढीः बैतडीको सुर्नया गाउँपालिकालाई युथ्स भ्वाईसले ज्ञापन पत्र बुझाएको छ।

पालिकामा गठित युवा आवाज कमिटिले विभिन्न माग सहित बुधवार गाउँपालिकालाई १७ बुँदे ज्ञापन पत्र बुझाएको हो। गाउँपालिका शिक्षकहरुको  तलवृद्धि गर्नुे पर्ने ,विद्यार्थीहरुलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने, सामुदायिक विद्यालयले उठाएको वार्षिक परीक्षा शुल्क फिर्ता गर्नुे पर्ने, अवैध कर्मचारीलाई  हटाएर पदपूर्ती गर्नुे पर्ने, खेलाडीहरुलाई प्रोत्सान गर्ने खालका कर्यक्रम सञ्चालन गर्नुे पर्ने लगायतका १७ बुँदे माग अघि सारेर बुधबार पालिकालाई ज्ञापन पत्र बुझाइएको युथ्स भ्वाईस सुर्नयाका संयोजक प्रकाश भट्टले बताए।

यस्तै विद्यालयमा दिवा खाजाको ठेक्का सिस्टम हटाउने निर्णय कार्यान्वयन गर्नुे पर्ने ,गरिब घरपरिवार पहिचानको सूचिमा वास्तबिक गरिब समावेश  हुनुपर्ने ,प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वास्तविक बेरोजगार समावेश गराउनु पर्ने ,सुर्नया बालसञ्जालले गरेको कार्यक्रमको  भुक्तानी यथासिग्र गर्न पनि माग गरिएको  छ।

यस्तै गाउँ टोल बाट सिफारिस नभएका योजनाहरु नेताहरुको पावर र पहुंचका आधारमा कार्यान्वयन भइरहेका भन्दै  युथ्स भ्वाइसले यस तर्फ पनि सचेत गराएको छ। कुनै सूचना प्रकाशित नगरि  राजनैतिक पहुंचका आधारमा कार्यक्रम सञ्चालन भएको हुँदा भुक्तानी भएको रकम लाई असुल उपर गर्नु पर्ने र भुक्तानी नभएको रकम लाई रोक्का गर्नु पर्ने पनि माग गरिएको छ।

यस्तै  चुरापोते कार्यक्रमका बारेमा पनि छानविन हुनुपर्ने  माग ज्ञापन पत्र मार्फत गरिएको  छ। पछिल्लो समय गाई भैंसिमा फैलिएको लम्पी स्कीन रोगको  प्रकोप नियन्त्रणका लागि पहल गर्नु पर्ने , जंगलि जनावरहरुको नियन्त्रणका लागि पहल चाल्नु पर्ने र क्षतिबेहोरेका किसानहरुलाई  क्षतिपूर्ति  दिनु पर्ने लगाएतका माग युथ्स भ्वाइसले गरेको छ।

माग पुरा नभए थप आन्दोलनका कार्यक्रम अघि सारिने चेतावनी समेत दिइएबैतडीको सुर्नया गाउँपालिकालाई युथ्स भ्वाईसको १७ बुँदे ज्ञापनपत्रको छ।

कमेन्ट लोड गर्नुस