सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाको केन्ट सहरमा फेरी गोलाबारी, ५ जनाको मृत्यु

२०७९ चैत्र २८, ०७:४७ खबर संवाददाता

काठमाडौंः अमेरिकाको केन्ट सहरमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। लुईसिवका प्रहरी प्रवक्ताका अनुसार यसरी घाइते हुनेमा प्रहरी अधिकारी पनि रहेका छन्। साथै, सो गोलावारीमा संलग्न रहेका संदिग्धलाई गोली हानि मारिएको छ। प्रहरी अधिकारीले भने ‘अब सर्वसाधारणका लागि कुनै खतरा छैन, अवस्था सहज बनाइएको छ।’ गर्भनर एन्डी बेसियरले टविट गर्दै भनेका छन, ‘कृपया, सो घटनामा प्रभावित भएको पीडित परिवारका लागि एक पटक प्राथना गरिदिनुहोस्।’

पछिल्लो समयमा अमेरिकाका सहरहरुमा धेरै गोलाबारीका घटना हुन थालेको छ। केही दिन पहिले पनि विद्यालयमा एक महिला संदिग्धले गोली हानेर आधा दर्जनको हत्या गरेकी थिइन।  सुरक्षा अधिकारीका अनुसार सो घटनामा बालिबालिकासहित ६ जनाको मृत्यु भएको थियो। गोली हानिएको विद्यालय पुर्व प्राथमिक थियो। सो विद्यालयमा पढने सबै विद्यार्थी १२ बर्ष भन्दा कम उमेरका रहेको थिए।

कमेन्ट लोड गर्नुस