सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्नया गाउँपालिकाकी पूर्व उपाध्यक्ष विष्टमाथि गालिगलौजको आरोप

२०७९ चैत्र २७, ०९:०९ खबर संवाददाता

बैतडीः नेकपा एमाले बैतडीले जिल्ला कमिटि सचिवालय सदस्य लिला बिष्टलाई स्पष्टीकरण सोधेको छ।

अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर बममाथि चरित्र हत्या हुने गरी गालीगलौज गरेको र हातपात गर्न खोजेको आरोपमा पार्टीले स्पष्टीकरण सोधेको हो। सुर्नया गाउँपालिकाकी पूर्व उपाध्यक्ष समेत रहेकी बिष्टले अनेम संघको जिल्ला अधिवेशनका बेला जानकीमाथि गालीगलौज तथा हातपात गर्न खोजेको आरोप लागेको छ।

अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य जानकी ऐर बमले पार्टीमा दिएको निवेदन अनुसार बिष्टलाई यो बिषयमा सात दिनभित्र स्पष्टीकरण दिन भनिएको पार्टी श्रोतले जनाएको छ। आइतबार बसेको जिल्ला कमिटि बैठकले सातदिनभित्र चित्त बुझ्दो जवाफ दिन र अन्यथा पार्टीको विधान अनुसार कारवाही हुने व्यहोराको पत्र बिष्टलाई पठाएको छ।

यो बिषयमा एमाले जिल्ला कमिटि सचिवालय सदस्य लिला बिष्टले भने आफूलाई पत्रका बारेमा कुनै जानकारी नभएको र आफूलाई पार्टीले स्पष्टीकरण नसोधेको बताइन्।
 

कमेन्ट लोड गर्नुस