सोमवार फेरी सुदुरपश्चिमका २० जनामा कोरोना पुष्टि
२०७९ चैत्र २७, ०५:२३
कैलालीः सुदूरपश्चिम प्रदेशमा सोमवार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सात सय ६८ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १६ जना र ३३ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १७ जना कैलालीका, दुई जना कञ्चनपुर र एक बैतडि जिल्लाका रहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस