मालाखेती अस्पताल अत्तरिया सुत्केरी महिलाको मृत्यु, स्थानीय आक्रोशित
धनगढीः कैलालीको गोदावरी नगरपालिका–३ मा रहेको मालाखेती अस्पतालमा बच्चासहित सुत्केरी महिलाको मृत्यु भएको छ।
आइतवार गोदावरी नगरपालिका–२ कडायत टोलकी २८ वर्षिया लक्ष्मी भट्टराई सुत्केरीका लागि अस्पताल आएकी थिएन। तर उनको मृत्यु भएको छ। अस्पतालमा डाक्टरहरुको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरेका छन्। स्थानीयले सोमवार बिहानदेखि अस्पतालको सेवा प्रवाह ठप्प पारेका छन्।
स्थानीयहरुले लापरबाही गर्ने डाक्टर र प्रशासनलाई कारबाहीको माग गरेका छन्। चैत १८ गते सुत्केरी मिति भएपनि २६ गते अस्पताल गएकी भट्टराईलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले बताइन्। अस्पतालका प्रमुख डाक्टर अन्वेश कोइरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन्। उनले बिरामीको अन्य सबै कुरा नर्मल भएको र बिहान अचानक उक्त समस्या आएको बताए।