सुदूर नेपाललाई विश्वसँग जोड्दै

कङ्गोमा अज्ञात समूहको आक्रमणमा परी २० जनाको मृत्यु

२०७९ चैत्र २६, ०९:३२ खबर संवाददाता

एजेन्सीः पूर्वी कङ्गोमा एक विद्रोही समूहले गरेको आक्रमणमा परी आइतबार करिब २० जनाको मृत्यु भएको छ।

एलाइड डेमोक्रेटिक फोर्सेस (एसडीएबफ) ले एनेबुला गाउँ नजिकै शुक्रबार अपराह्न ४ बजे किसानहरूमाथि आक्रमण गरेको स्थानीय नागरिक समाजका नेता प्याट्रिक मुकोहेले एएफपीलाई फोनबाट जानकारी गराए। मुकोहेले उत्तरी किवु प्रान्तको ओइचा शहरबाट करिब ३० किलोमिटर पश्चिममा रहेको उक्त हत्यास्थलमा २१ जना महिला र पुरुषको शव फेला परेको बताए। ओइचा अस्पतालको मुर्दाघरमा काम गर्ने जुल्स काम्बालेले १९ जनाको शव प्राप्त भएको बताए।

क्षेत्रीय सैन्य प्रशासक चाल्र्स एहुता ओमेगाले आक्रमणको पुष्टि गर्दै उक्त आक्रमणमा ‘एडीएफ आतङ्ककारीहरू’ जिम्मेवार रहेको दाबी गरे। सन् १९९० को दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा आफ्नो पकड जमाएको एडीएफमाथि हजारौं सर्वसाधारणको हत्या गरेको आरोप लाग्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस