धनगढीमा बैशाख १ र २ गते खुल्ला ब्याट्मिण्टन हुने
धनगढीः धनगढीमा बैशाख १ र २ गते खुल्ला ब्याट्मिण्डन प्रतियोगिता हुने भएको छ। धनगढी रंगशाला भित्र प्रथम रिया स्पोट्र्स कप ब्याटमिन्टन प्रतियोगीता हुने भएको हो।
आइतवार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले नयाँ वर्षको अवसर पारेर प्रथम रिया स्पोट्र्स कप ब्याटमिन्टन प्रतियोगीता हुने बताएको छ। बैशाख १ र २ गते हुने प्रतियोगीताका लागि चैत ३० गते साँझ ५ बजेसम्म टिम दर्ताको समय छ। प्रतियोगीताका संयोजक प्रकाश सिँहका अनुसार क्षेत्रीय, जिल्ला तथा राष्टिका खेलाडी बाहेकले सहभागीता हुने छ। टिम दर्ता शुल्क १५ सय छ।
ब्याटमिन्टन प्रतियोगीतामा प्रथम हुनेले नगद २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगदसहित प्रमाणपत्र पाउँने उनले बताए। खेल प्रशिक्षक तथा निर्देशक केशब बडुवालका अनुसार ब्याटमिन्टनको नियमानुसार नै खेल खेलाइने छ। प्रतियोगितामा जुनसुकै उमेर समूहका खेलाडीले सहभागीता जनाउन पाउनेछन्।
चैत १ गते बिहान ७ बजे ब्याटमिन्टन प्रतियोगीता उद्घाटन हुने छ।