सुदुरपश्चिममा २२ जनामा कोरोना पुष्टि
२०७९ चैत्र २५, ०५:३९
धनगढीः सुदूरपश्चिममा शनिबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा सात सय १६ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा २२ जनामा कोरोना पोजेटिभ देखिएको छ भने छ सय ९४ जनामा नेगेटिभ देखिएको छ।
स्वास्थ्य निर्देशनालय दिपायलले संक्रमित मध्ये २० जना कैलालीका र एक÷एक जना दार्चुला र कञ्चनपुरका रहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस