बझाङका युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु
२०७९ चैत्र २५, ०३:०७
धनगढीः बझाङका एक युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ लामागडाका दीपक रावतको काठमाण्डौँमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो। शुक्रवार राति सुपप्र ०१– ०१० प २२५५ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोकिदाँ २३ वर्षीय रावतको मृत्यु भएको आफन्तले बताएका छन्।
उनको घटना स्थलमा नै मृत्यु भएको नारद सिहँले बताए। प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
कमेन्ट लोड गर्नुस