सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा झुलाघाट नाकाबाट फर्केका सात जनामा कोरोना

२०७९ चैत्र २५, ०१:२१ खबर संवाददाता

बैतडीः बैतडीमा झुलाघाट नाकाबाट फर्केका ७ जनामा कोरोना देखिएको छ। भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट स्वदेश फर्किएका ७ जनामा कोरोना संक्रमण फेला परेको छ।

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए। सीमा नाका झुलाघाटमा गरिएको परीक्षणमा एकसातामा सात जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी लेखकले बताए। भारतबाट फर्कने सबैको कोरोना परीक्षण गर्ने गरिएको र उनीहरुमध्ये पछिल्लो एकहप्तामा सात जनामा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमा बैतडीका मात्रै नभएर अन्य जिल्लाका नागरिक समेत रहेको पाइएको छ। झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरुको अनिवार्य कोरोना जाँच गरिनुका साथै मास्क समेत अनिवार्य गरिएको छ।
 

कमेन्ट लोड गर्नुस