बैतडीको एक नगरपालिकाको ‘लोगो’सार्वजनिक
बैतडीः बैतडी जिल्लाको एक नगरपालिकाले २७ वर्षपछि लोगो सार्वजनिक गरेको छ।
जिल्लाको दशरथचन्द नगरपालिकाले आफ्नो प्रतीक चिन्ह अर्थात ‘लोगो’ शुक्रबार सार्वजनिक गरेको हो। नगरपालिका स्थापना भएको २७ बर्षपछि नगरपालिकाले पहिलो पटक नगर स्थापना दिवस मनाउँदै लोगो सार्वजनिक गरेको हो।
नगरपालिकाले सार्वजनिक गरेको लोगोमा अमर शहीद दशरथ चन्दको तस्बिरमा दाँया–बाँया दुईओटा लालीगुराँशको फूल, मध्य भागमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, ग्वाल्लेकेदार, ईश्वरीगंगा धाम, जगन्नाथ लगायत प्रमुख धार्मिक पर्यटकीय क्षेत्रहरु समावेश गरिएको छ। संघीय सांसद दामोदर भण्डारी र नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका हुन्।
साथै नगरपालिकाले हेलो मेयर कार्यक्रम सञ्चालन सहजताका लागि टोल फ्रि नम्बर समेत सार्वजनिक गरेको छ।